१६ दशमलव ६३ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१६ दशमलव ६३ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ ७ जेठ । कारोबार को पहिलो दिन आज आइतबार नेप्से १६ दशमलव ६३ अंकले ओरालो लागेको छ। १६सय ४३ मा खुलेको नेप्से १६सय २७ मा पुगेर बन्द भएको छ। आइतबार उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएको छ ।
आइतबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै गुमाएको छ। आइतबार इन्स्योरेन्स समुह १सय ४ दशमलव ८७ अंकले ओरालो लागेको छ । आइतबार होटल समुह ४९ दशमलव६९ अंकले, जलविधुत समुह २२ दशमलव २३ अंकले, बैकिड. समुह १८ दशमलव ६९ अंकले, विकास बैक समुह १५ दशमलव २३ अंकले र फाइनान्स समुह ६ दशमलव ५१ अंकले ओरालो लागेको छ ।
आइतबार उतपादनमुलक समुह ५४ दशमलव ४६ अंकले उकालो लागेको छ । आइतबार अन्य समुह ० दशमलव ८७ अंकले उकालो लागेको छ ।
आइतबार कारोबारमा आएका १४६ कम्पनी बाट ११ लाख ९७ हजार १ सय ११ कित्ता शेयरबाट ६८ करोड १८ लाख ९० हजार १ सय ९३ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : ७ जेष्ठ २०७४, आईतवार ०९:३६