सहकारी बैंक र क्लियरिङ्ग हाउस बीच विधुतीय भुक्तानी प्रणाली सम्बन्धी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारी बैंक र क्लियरिङ्ग हाउस बीच विधुतीय भुक्तानी प्रणाली सम्बन्धी सम्झौता



काठमाडौं ८  जेठ । नेपाल क्लियरिङ्ग हाउस र राष्ट्रिय सहकारी बैंक बीच विधुतीय भुक्तानी प्रणाली सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र राष्ट्रिय सहकारी बैंकका प्रबन्ध निर्देशक केबी उपे्रतीले हस्ताक्षर गरे ।

सहकारी बैंकबाट प्रविष्ट गराइएका सम्पूर्ण कारोबारहरु बैंक अफ काठमाडौं लुम्बिनी मार्फत राफसाफ हुने व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय सहकारी बैंकबाट प्रणालीमा आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका सदस्य सहकारी संस्थाहरुबाट सोझै भुक्तानी संकलन तथा भुक्तानी सजिलै गर्न सकिने छ ।

यस अघि नगद र चेकबाट हुँदै आएका कारोबारहरु समेत उक्त प्रणाली मार्फत हुने हुँदा कारोबार पारदर्शी हुने, सहजता बढ्ने र जोखिम न्यूनिकरण हुने विश्वास (एनसीएचएल)ले लिएको छ ।

एनसीएचएल प्रणालीमा हाल सम्म ७३ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यको रुपमा र ५ अन्य कम्पनीहरुसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेका छन् ।

ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, फि तथा बिल भुक्तानी, प्रीमियम भुक्तानी, सरकारी भुक्तानी, ट्रेजरी भुक्तानी, तलब भुक्तानी, रेमिटेन्स भुक्तानी, ईन्स्टलमेन्ट भुक्तानी, क्रेडिट कार्डको भुक्तानी यस प्रणालीबाट हुँदै आएको छ ।

प्रकाशित : ८ जेष्ठ २०७४, सोमबार ०४:५९