१० दशमलव ८४ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१० दशमलव ८४ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ ८ जेठ । सोमबार नेप्से १० दशमलव ८४ अंकले ओरालो लागेको छ। १६सय २७ मा खुलेको नेप्से १६सय १६ मा पुगेर बन्द भएको छ। सोमबार उतपादनमुलक, होटल र फाइनान्स समुह बाहेक अरु सबै समुहले गुमाएको छ ।
सोमबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै गुमाएको छ। सोमबार इन्स्योरेन्स समुह ६५ दशमलव ३६ अंकले ओरालो लागेको छ । सोमबार बेकिड. समुह १४ दशमलव २२ अंकले , जलविधुत समुह १० दशमलव १३ अंकले, र विकास बैँक ५ दशमलव ६७ अंकले ओरालो लागेको छ।
सोमबार उतपादनमुलक समुह २० दशमलव ६४ अंकले उकालो लागेको छ । सोमबार होटल समुह १२ दशमलव ७२ अंकले र फाइनान्स समुह ० दशमलव ११ अंकले उकालो लागेको छ । सोमबार अन्य समुह भने स्थिर रहेको छ ।
सोमबार कारोबारमा आएका १४५ कम्पनी बाट ९ लाख ८५ हजार ५ सय ५० कित्ता शेयरबाट ५२ करोड ८६ लाख ७९ हजार ९ सय २२ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : ८ जेष्ठ २०७४, सोमबार ०९:३२