राष्ट्रिय बिमा संस्थानको खुद नाफा २०.९१% ले घट्दा रिर्जभ कोषमा पनि कमी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय बिमा संस्थानको खुद नाफा २०.९१% ले घट्दा रिर्जभ कोषमा पनि कमी



काठमाडौंः राष्ट्रिय बिमा संस्थानको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २०.९१% ले घटेको छ । यो त्रैमासमा कम्पनीले नाफा ६६ लाख १० हजार ८३ रुपैयाँ मात्र खुद नाफा गरेको छ । गत वर्षको यही अवधिमा कम्पनीले ८३ लाख ५८ हजार २९० रुपैयाँ खुद नाफा गरेको थियो । संस्थानको चुक्ता पुँजीमा कुनै परिवर्तन भएको छैन । गत वर्षको जस्तै यो त्रैमासमा चुक्ता पुँजी ९३ लाख रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा पनि ०.५% ले घटेर ३० करोड २० लाख २७ हजार ५३८ रुपैयाँ जम्मा भएको छ । गत वर्ष कम्पनीको जगेडा कोषमा ३० करोड ३७ लाख ७५ हजार ७४५ रुपैयाँ जम्मा भएको थियो ।
राष्ट्रिय बिमा संस्थानको जीवन कोषको आकार पनि घटेको छ । संस्थानको जीवन बिमा कोषमा ११ अर्ब २० करोड ३७ लाख ७१ हजार २७३ रुपैयाँ छ । यो गत वर्षको तुलनामा २.७४% ले कम हो । गत वर्ष बिमा कोषमा ११ अर्ब ५१ करोड ९५ लाख ४८ हजार १७७ रुपैयाँ थियो । संस्थानले यो त्रैमाससम्ममा १ अर्ब ९९ करोड ४९ लाख ८० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यसले २ अर्ब ९३ करोड  ३९ लाख २७ हजार २२० रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

 

प्रकाशित : ८ जेष्ठ २०७४, सोमबार १०:३८