भारतमा बनेको आईफोन केही दिनपछि बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भारतमा बनेको आईफोन केही दिनपछि बजारमा



अमेरिकी आइफोन निर्माता कम्पनी एप्पल इंकले लामो समयको प्रतिक्षापछि भारतमा निर्मित आईफोन बिक्री गर्ने भएको छ ।

केही महिनादेखि भारतको बैंगलोरमा प्लान्ट स्थापना गरेर आईफोन उत्पादन थालेको कम्पनीले आगामी दुई साताभित्र बिक्री सुरु हुने कम्पनीले जनाएको हो ।

एप्पलले सुरुमा ४ इन्चको आईफोन एसई भारतका लागि छनोट गरेको छ । यसबारेमा एप्पलले एक विज्ञप्ती जारी गर्दै भनेको छ ‘यसै महिनादेखि हामी स्वदेशी उपभोक्ताको लागि फोनको बिक्री थाल्नेछौं ।’

धेरै जनसंख्या रहेको भारतमा मोबाइल फोनका प्रयोकर्ताहरु प्रसस्तै रहेको कारणले गर्दा आफ्नो बिक्रीलाई बढाउन एप्पलले भारतमा उत्पादन थालेको हो । बिक्रीसँगै आफ्ना प्रतिस्पर्धीहरु, सामसङ, हुवावे, ओप्पो लगायतको ब्राण्डलाई भारतीय बजारमा टक्कर दिने कम्पनीको लक्ष्य रहेको छ ।

भारत सरकारसँगको लामो छलफलपछि गत वर्ष सीईओ टीम कुकले भारतको भ्रमण गरेपछि एप्पलले बैंगलोरमा प्लान्ट स्थापना गर्ने निर्णय लिएका थिए ।

कम्पनीले भारतमा उत्पादन गर्न लागेको आईफोन हालको लागि स्थानिय बजारमा बिक्री बितरण गर्नेछ । फोन सस्तो पर्न जाँदा तुलनात्मक रुपले कम आईफोनको प्रयोगकर्ता रहेको दक्षिण एसियामा पनि मूल्य प्रभाव परि अन्य फोनहरुको प्रयोगकर्ता घटाउने देखिन्छ ।एजेन्सी ।

प्रकाशित : ९ जेष्ठ २०७४, मंगलवार ०६:१३