२६ वर्ष पुरानो मेसिन चेञ्ज गर्न १५ करोड लगानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२६ वर्ष पुरानो मेसिन चेञ्ज गर्न १५ करोड लगानी



काठमाडौं ९ जेठ । सरकारले उदयपुर सिमेन्टमा १५ करोड रुपैयाँ लगानी थप्ने भएको छ । २६ वर्ष पुराना मेसिन काम नलाग्ने भएपछि सरकारले नयाँ मेसिन राख्न लगानी थप गर्न लागेको हो ।

नयाँ मेसिन खरिदका लागि १० करोड रुपैयाँ बराबरको खरिद सम्झौता भइसकेको उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । पौडेलका अनुसार थप ५ करोड रुपैयाँ बराबरको सम्झौताको तयारी हुने छ ।

पुरानो मेसिनका कारण उद्योगले निजी सिमेन्ट उद्योगहरुसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको उनको भनाई थियो ।

‘नयाँ मेसिन थपेपछि हामी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सबल हुनेछौं,’ उनले भने । विभिन्न कारणले रुग्ण बनेको यो उद्योगलाई पुन सञ्चालन गर्न सफल भएको हो ।

उद्योगमन्त्री नविन्द्रराज जोशीले सरकारी लगानीका उद्योगहरुको सञ्चालनलाई विषेश प्राथमिकतामा राख्दै आएका छन् । ०४४ सालमा स्थापना भएको यो उद्योगले ०४९ सालबाट व्यवसायिक उत्पादन सुरु गरेको हो ।

लगातार नोक्सानीमा गइरहेको यो उद्योगले चालू आर्थिक वर्षमा १७ करोड नाफा कमाउने लक्ष्य छ ।

 

प्रकाशित : ९ जेष्ठ २०७४, मंगलवार ०७:००