पूर्णिमा विकास बैंकको २५% हकप्रद सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पूर्णिमा विकास बैंकको २५% हकप्रद सेयर



काठमाडौं ९ जेठ ।पूर्णिमा विकास बैंकले २५% हकप्रद सेयर बिक्री गर्न जेठ १६ गते बुक क्लोज गर्ने भएको छ । अब यस बैंकको हकप्रद भर्न जेठ १५ गतेसम्ममा सेयर किनेर सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले ४ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको ८ लाख ८० हजार ९६२.८२ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । पूर्णिमाको हकप्रदमा सिद्धार्थ क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्दैछ । बैंकले चालु आर्थिक वर्षको तस्रो त्रैमाससम्ममा चुक्ता पुँजी ३५ करोड २८ लाख रुपैयाँ पुर्याएको छ । यो त्रैमासमा बैंकले ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । पूर्णिमाको प्रतिसेयर आम्दानी (वार्षिक) २८ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ १६ पैसा छ ।

प्रकाशित : ९ जेष्ठ २०७४, मंगलवार ०७:५४