गुम्ला है उन्नती माइक्रोफाइनान्सको बोनससहित हकप्रद अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गुम्ला है उन्नती माइक्रोफाइनान्सको बोनससहित हकप्रद अफर



काठमाडौ  ९ जेठ। उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीका लागि ७७ हजार कित्ता हकप्रद सेयर निष्काशन सुरु गरेको छ । मंगलबार (जेठ ९ गते)देखि निष्काशन सुरु भएको उक्त सेयरमा १२ गतेसम्म आवेदन दिन पाइनेछ । उन्नतिले दोस्रो साधारणसभाबाट पारित भएबमोजिम हाल कायम चुक्तापुँजीको २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा संस्थापक सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गर्ने बताएको छ ।

तीन करोड आठ लाख रुपैयाँ चुक्तापुँजी भएको माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित दरमा ७७ लाख रुपैयाँ बराबरको हकप्रद संस्थापक सेयर गर्नेछ । आवेदकहरुले कम्पनीको केन्द्रीय कार्यालय रुपन्देहीमा आवेदन प्राप्त र बुझाउन सक्नेछन् । हकप्रद सेयरको रकम प्राइम कमर्शियल बैङ्क, सिद्धार्थ डेभलपमेण्ट बैङ्क, नेपाल बङ्गलादेश बैङ्क, पूर्णिमा विकास बैङ्क, इन्नोभेटिभ डेभलपमेण्ट बैङ्क भैरहवाको शाखा कार्यालयमा बुझाउन सकिनेछ ।

प्रकाशित : ९ जेष्ठ २०७४, मंगलवार ०८:५१