सिद्धार्थ इन्स्योरेन्सले दियो १० प्रतिशत बोनस शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ इन्स्योरेन्सले दियो १० प्रतिशत बोनस शेयर



काठमाडौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले १० प्रतिशत बोनस शेयर जारी गर्ने भएको छ । शुक्रबार सम्पन्न कम्पनीको १३ औं साधारण सभाले १० प्रतिशत बोनस शेयर जारी गर्ने निर्णय गरेको हो ।साथै कम्पनीले ९ प्रतिशत प्रोमोटोर शेयरलाई साधरण शेयरमा रुपान्तरण गर्ने निर्णय समेत गरेको छ । बोनश शेयर वितरण भएपछि कम्पनीमा ५१ प्रतिशत प्रोमोटरहरुको तथा ४९ प्रतिशत साधरण लगानीकर्ताको शेयर हुनेछ ।

२५ करोड ८ लाख चुक्तापुजी रहेको कम्पनीको बोनश शेयर जारी भएपछि चुक्तापुँजी २७ करोड ५८ लाख ८० हजार पुग्ने कम्पनी सचीव सुर्दशन आचार्यले मेरोलगानीलाई जानकारी दिए ।

साधरण सभाले  चुक्तापुँजीको ० दशमलव ५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने निर्णय पनि गरेको छ । त्यस्तै सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज केडिया,पवन अग्रवाल र राहुल अग्रवाललाई कम्पनीको संचालक समितिमा चयन गरेको छ ।

प्रकाशित : १९ असार २०७२, शनिबार ११:५७