मिर्मिरे मार्इक्रो फार्इनान्स डेभलपमेन्ट बैंकको १७ जेठमा बुक क्लोज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मिर्मिरे मार्इक्रो फार्इनान्स डेभलपमेन्ट बैंकको १७ जेठमा बुक क्लोज



काठमाडौं १० जेठ।मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५०% हकप्रद सेयर बिक्री गर्न जेठ १७ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा जेठ १६ गतेसम्म कायम सेयरधनीले मात्र मिर्मिरेको हकप्रद भर्न पाउनेछन् । मिर्मिरेले १ः०।५ अनुपातमा १ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्दैछ । मिर्मिरे माइक्रोपाइनान्सको हाल चुक्ता पुँजी ३ करोड रुपैयाँ छ । तेस्रो त्रैमासमा यसले १ करोड २१ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी अनुपात (वार्षिक) ५४।१८५ र प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ८१ पैसा छ ।

प्रकाशित : १० जेष्ठ २०७४, बुधबार ०७:१९