सनराईज बैंकले खोल्यो सनराईज क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराईज बैंकले खोल्यो सनराईज क्यापिटल



काठमाडौं  ११ जेठ । सनराईज बैंकले भगिनी संस्था रुपमा सनराईज क्यापिटल लिमिटेड सञ्चालनमा ल्याएको छ । बुधबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सनराईज क्यापिटलको औपचारिक शुरुवात गरेका छन् ।

धेरै वर्ष पुरानो कम्पनी एन.सि.एम मर्चेन्ट बैकिङ लिमिटेड सनराईज बैंकको स्वामित्वमा आएपछि नाम परिवर्तन गरि सनराईज क्यापिटलको नाममा सञ्चालन गरिएको सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्यले बताए ।

सनराइज बैंकले एन.आई.डी.सी क्यापिटल मार्केन्ट्स लिमिटेडलाई प्राप्ति गरेपछि एन.आई.डी.सी क्यापिटल मार्केन्ट्सको सहायक कम्पनी एन.सि.एम मर्चेन्ट बैकिङ पनि सनराइज बैंकको स्वमित्वमा गएको थियो ।

हरेक बैंकले आफ्नो भगिनी संस्थाको रुपमा क्यापिटल मार्केन्स कम्पनीहरु खोल्ने क्रम जारी रहेको समयमा सनराइज बैंकले पनि सनराइज क्यापिटल खोलेको हो ।

‘सनराइज बैंकले क्यापिटल मार्केटमा पहिलेदेखि नै प्रवेश गर्न खोजेको थियो । एनआईडीसी प्राप्तिसँगै त्यो अवसर मिलेको छ’ सनराइज बैंकका अध्यक्ष मोतिलाल दुुगडले भने–‘अब हामी पनि सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम, सेयर रजिष्ट्रार तथा प्रत्याभूतिको काममा सहभागी भएको छौं ।’

सनराईज क्यापिटलको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । कम्पनीले निकट भविष्यमा पोर्टफोलियो व्यवस्थापन, सामूहिक लगानी कोषको काम गर्ने तयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बताए ।

प्रकाशित : ११ जेष्ठ २०७४, बिहीबार ०५:४७