गरिमाले चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गरिमाले चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने



म्याग्दी, ११ जेठ । गरिमा विकास बैंकले म्याग्दीका विभिन्न चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विद्यालय तहबाट विद्यार्थी र शिक्षकमार्फत अभिभावकमा वित्तीय शिक्षा उपलब्ध गराउने उद्देश्यले बेनी नगरपालिका–३ भकिम्लीको जयन्ती मावि, अन्नपूर्ण गाउँपालिकाको मुक्तिमार्ग मावि, मङ्गला गाउँपालिकाको मङ्गला शिक्षा क्याम्पस र धवलागिरि गाउँपालिकाको मुनामा रहेको धनजनता माविमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

जेठ महिनाभर चारै विद्यालयमा एक दिवसीय वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको गरिमा विकास बंैक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा सम्बन्धित विद्यालयका विद्यार्थीका अतिरिक्त, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका पदाधिकारी र नवनिर्वाचित जनप्रतिनिधीलाई समावेश गरिनेछ ।

कार्यक्रममा बैंकमा खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवासुविधाका बारेमा बैंकका विभिन्न विभागमा कार्यरत उच्च अधिकृतले प्रशिक्षण दिने बताइएको छ । म्याग्दी जिल्लामा बेनीसहित दरबाङ, भुरुङतातोपानी र बाबियाचौरमा शाखा रहेको बैंकले सामाजिक उत्तरदायित्व बहन गर्न वित्तीय साक्षरता अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।

प्रकाशित : ११ जेष्ठ २०७४, बिहीबार ०८:१६