फाष्ट–ट्रयाक १४ गतेबाट निर्माण हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फाष्ट–ट्रयाक १४ गतेबाट निर्माण हुँदै



काठमाडौ ११ जेठ। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौँ–तराई, मधेस द्रुतमार्ग (फाष्ट–ट्राक) आइतबार शिलन्यास हुने भएको छ । आगामी आइतबार कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सो आयोजनाको शिलान्यास गर्ने भएका छन । शिलन्यासको सम्पूर्ण तयारी गर्न सरकारले नेपाली सेनालाई जिम्मा दिएको छ । शिलन्यास पश्चात उपत्यकामा प्रवेश गर्ने बैकल्पिक अन्य मार्गको विकासमा अवरोध नहुने गरी सो आयोजना अगाडि बढाइने भएको छ । कुल ७६ किलोमिटर लामो द्रुत मार्गको लागत एक खर्ब १२ अर्ब रहेको छ ।

यस अघि आयोजनामा भारतीय लगानी भित्राइएको भन्दै वर्तमान सरकार गठनका समयमा प्रधानमन्त्रीको चर्को आलोचना भएको थियो । आयोजनालाई नेपाली लगानीअन्तर्गत नै निर्माण गर्ने गरी अघि बढाउने, स्वदेशी सीप र प्रविधिलाई नै अगाडि बढाउन लागिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । शिलान्याससँगै नेपाली सेनाले सो आयोजनाको निर्माणको नेतृत्व लिनेछ । पाँच वर्षभित्र आयोजना सम्पन्न हुने गरी वार्षिक कार्ययोजना मै सेनाले निर्माण गर्नेछ । सेनालाई सहयोगका लागि भौतिक पूर्वाधार, अर्थ मन्त्रालयका प्रतिनिधि सदस्यका रुपमा रहनेछन् । प्रधानसेनापतिले तोकेको जर्नेलको संयोजकत्वमा समिति गठन भइसकेको छ ।

सरकारले भारतीय कम्पनी आइएलएस एन्ड एफएसलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने जिम्मा १६ मार्च २०१५ मा दिएको थियो भने २४ जुन २०१५ मा सो कम्पनीले डिपिआर पेस गरेको थियो । जुलाई १२, २०१५ मा सो डिपिआर स्वीकृत भएको थियो । सन् १९९३ मा डेनमार्कको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डानिडा) ले सो आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । सेनाले सन् २०१२ को अन्त्यतिर ट्र्याक निर्माण सम्पन्न भएको भन्दै सरकारलाई हस्तान्तरण गरेको थियो । आयोजनामा सडकका लागि ३४ अर्ब, पुल ३६ अर्ब, सुरुङ सात अर्ब, कटिङ तथा डे«न १७ अर्ब, विद्युतीकरण ६७ करोड, टोड फर्निचर २२ करोड, सूचना केन्द्र ५८ करोड, इन्टरसेक्सन एक अर्ब १८ करोड, अन्य केही शीर्षक र १३ अर्ब मूल्य अभिवृद्धि कर गरी कुल एक खर्ब १२ अर्बलागत लाग्नेछ । आयोजनामा करिब चार किलोमिटर जति सुरुङ मार्ग बन्नेछ भने पूर्ण रुपमा चार लेन हुनेछ । सर्भिस ट्र्याक दुवैतर्फ राख्दा सडक छ लेनको हुनेछ । द्रुतमार्गमा साइकल लेनको समेत छुट्टै व्यवस्था गरिने जनाएको छ ।

प्रकाशित : ११ जेष्ठ २०७४, बिहीबार ०९:१५