एनसेलले सार्वजनिक गर्यो योण्डर म्युजिक एप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनसेलले सार्वजनिक गर्यो योण्डर म्युजिक एप



काठमाडौं, १२ जेठ ।एनसेलले संगीतका पारखीहरूलाई लक्षित गरेर गीतसंगितहरूमा निःशुल्क पहुँच पुग्नेगरी योण्डर म्युजिक एप सार्वजनिक गरेको छ । जसअन्र्तगत उक्त एपमार्फत प्रयोगकर्ताले सबै प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गीतहरू सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । एनसेलले अमेरिकामा रहेको योण्डर म्युजिक ईङ्कसँगको सहकार्यमा नेपालमा यस्तो एप ल्याएको हो ।

यो एप सबै भन्दा धेरै नेपाली गीत समावेश रहेको डिजिटल म्युजिक लाइब्रेरी भएको कम्पनीको दावी छ ।

एनसेलका ग्राहकले शुक्रबार (जेठ १२) देखि एप डाउनलोड गरी गीतसंगीत सुन्न सक्नेछन् । एनसेलका प्रिपेड तथा पोस्टपेड दुवैथरी ग्राहकले यो म्युजिक एप डाउनलोड गर्न सक्नेछन् ।

यस योण्डर म्युजिक एपअन्तर्गत प्रयोगकर्ताले विना कुनै विज्ञापन तथा सदस्यता शूल्क २ करोड भन्दा बढी नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतको लाइब्रेरीमा पहुँच पाउने कम्पनीले बताएको छ । आफूलाई मनपर्ने गीत अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइनसमेत सुन्न सकिनेछ ।

मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क भने लाग्नेछ ।

शुरुमा अन्य नेटवर्कमा पनि उपलब्ध भएपनि सार्वजनिक भएको एक महिना पछि यो एप एनसेलको नेटवर्कमा मात्र उपलब्ध हुनेछ । एक महिनापश्चात एनसेलका ग्राहकले मात्र यो एपमा रजिष्टर गरी यसको प्रयोग गर्न सक्नेछन् ।

‘यो नेपालका लागि म्युजिक स्ट्रिमिङ्ग सेवामा नयाँ युगको शुरुवात हो,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भने ।

ग्राहकले गुगल एप स्टोर तथा एप्पलएप स्टोरबाट यो एप डाउनलोड गर्न सक्न्छन् । एपमा रेजिष्ट्रेशनपश्चात वाइफाइ वा मोबाइल डेटा दुवै माध्यमबाट गीतहरु डाउनलोडगर्न सकिनेछ ।

प्रकाशित : १२ जेष्ठ २०७४, शुक्रबार ०८:०१