काठमाडौंको मेयरमा एमालेका शाक्य, उपमेयरमा नेपाली काँग्रेसकी खड्गी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काठमाडौंको मेयरमा एमालेका शाक्य, उपमेयरमा नेपाली काँग्रेसकी खड्गी



काठमाडौं, जेठ १४ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले भारी मतले विजय हाशिल गरेका हुन् ।

शाक्यले आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा १८ हजार बढी मतले काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका हुन् ।
शाक्यले कांग्रेसका राजुराज जोशीलाई २१ हजारभन्दा बढी मतले हराउँदै शाक्य निर्वाचित भएका हुन् । आइतबार बिहान सम्पन्न मतगणनाअनुसार उनले ६९ हजार ८५० मत पाए भने जोशीले ४८ हजार ७४३ मत पाएका छन् ।

को हुन शाक्य ?

काठमाडौँको लगनटोलमा २०२० मा जन्मिएका शाक्य विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय सरल र सभ्य व्यक्ति हुन । शाक्यले यो विजयलाई आफ्नो निरन्तरको योगदान र निष्ठाको प्रतिफल भएको बताउँछन् ।

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालतहको र शंकरदेव क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका उनले महानगरभित्रका लोकप्रिय नेताको रुपमा थिए । २०३७ सालको जनमत संग्रहदेखि नै सक्रिय रहँदै आएका हुन । एमालेका थुप्रै वर्गीय संगठनमा रहेर काम गरेका शाक्यले २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौँ तत्कालिन वडा नम्बर २१ को अध्यक्षका भारी मतले विजय भएका थिए ।

प्रकाशित : १४ जेष्ठ २०७४, आईतवार ०३:५१