छ्याङ्दी हाइड्रोको साढे ५ लाख कित्ता शेयर निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

छ्याङ्दी हाइड्रोको साढे ५ लाख कित्ता शेयर निष्काशन



काठमाडौं, जेठ १४ । छ्याङ्दी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपिओ) निष्काशन खुल्ला भएको छ । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा ५ करोड ४० लाख रुपैयाँको पाँच लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

कम्पनीको शेयरमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले ५० कित्ता ५ हजार रुपैयाँ देखि अधिकतम २७ सय कित्ता दुई लाख ७० हजार रुपैयाँ सम्म आवेदन गर्न पाइनेछ । जेठ १४ गतेबाट बिक्री खुला भएको कम्पनीको आइपिओमा लगानीकर्ताले छिटोमा जेठ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

पाँच लाख ४० हजार कित्तामध्ये यसअघि १० हजार ८ सय कित्ता कर्मचारीलाई र २७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिसकेको कम्पनीको शेयरमा सर्वसाधारण लगानीकर्ताले पाँच लाख २६ हजार ५ सय कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कहाँ-कहाँबाट दिने आवेदन

आइपिओमा आस्बाबाट आवेदन दिने लगानीकर्ताले आस्बा सेवा उपलब्ध गराएका बैंक तथा वित्तीय संस्था र आस्बा बाहेक नियमित तरिकाले आवेदन  दिनेले ग्लोवल आइएमई बैंक, छ्याङ्दी हाइड्रो पावर लिमिटेड, काठमाडौं क्यापिटल, जनरल फाइनान्स, रिलायवल क्यापिटल, एनसीएम मर्चेन्ट, क्यापिटल लिमिटेडहरु एनआईसी, सानिमा, भिबोर, सिभिल र आस्वा सेवा दिने बैक तथा वित्तिय संस्थाबाट दिन सक्नेछन् ।

प्रकाशित : १४ जेष्ठ २०७४, आईतवार ०६:००