सनराइज बैंकको शाखा कालिकास्थानमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइज बैंकको शाखा कालिकास्थानमा



 

काठमाडौं, १४ जेठ । सनराइज बैंक लिमिटेडले काठमाडौंको कालिकास्थानमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् ।

बैंकले साबिकको नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ती गर्दा काठमाडौंको डिल्लिबजारमा रहेको मुख्य कार्यालयलाई कालिकास्थान शाखामा रुपान्तरण गरेको हो । यस शाखाको उद्घाटनसँगै बैंकले विस्तारित एवं सर्वसुलभ बैंकिङ् सेवा पुर्याउन सक्षम हुने विश्वास लिएको छ । उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराएको बैंकले जनाएको छ ।

हाल सनराइज बैंकले नेपाल भर ७० वटा शाखा र ८० वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले बढीभन्दा बढी सुविधा उपलब्ध गराउने उद्देश्यले छिटै हेटौंडामा शाखा सन्जाल विस्तार गर्ने जनाएको छ ।

प्रकाशित : १४ जेष्ठ २०७४, आईतवार ०६:१४