१०० रुपयाँ देखि नै जुत्ता चप्पल पाइने, शिखर क्रेजी सेल मेला जेठ १४ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१०० रुपयाँ देखि नै जुत्ता चप्पल पाइने, शिखर क्रेजी सेल मेला जेठ १४ देखि



काठमाडौं, जेठ १४ ।शिखर सुजले  जेठ १४ गतेदेखि ‘क्रेजी सेल’ मेला राजधानीको भृकुटीमण्डपमा गर्ने भएको छ । यस मेलामा १५% देखि ८५% सम्म छुट प्रदान गरिने आयोकले जानकारी दिएको छ । यस मेलामा १०० रुपैयाँ मुल्य देखिका जुत्ता चप्पल विक्रि गरिने छ ।

यो योजना शिखर सुजका आधिकारीक सोरुमहरुमा समेत लागु हुनेछ । मेलामा विशेष गरि गर्मियामका लागी उपयुक्त हुने जुत्ता तथा चप्पल पाइने छन् ।

मेलामा सबै उमेर समुहका महिला तथा पुरुषलाई उपयुक्त हुने जुत्ता तथा चप्पल उपलब्ध हुनेछन् । यो मेला स्टक रहुन्जेलसम्म सञ्चालन हुनेछ ।

मेलामा नयाँ डिजाईनका जुत्ता तथा चप्पल समेत विक्रि गरिनेछ । आम उपभोक्तालाई सर्वसुलभ मुल्यमा गुणस्तरीय उत्पादन सहज ढङ्गले खरिद गर्ने अवसर मिलोस् भन्ने उद्धेश्यका साथ मेला आयोजना गरिएको प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले जानकारी दिए ।

मेलामा पार्टी सुज, स्पोर्टस सुज, स्कुल सुज, क्याजुयल सुज, चप्पल लगायतका सबै उत्पादनका भेराईटी पाईने कम्पनीले जनाएको छ ।

 

प्रकाशित : १४ जेष्ठ २०७४, आईतवार ०६:२७