स्वरोजगार लघुवित्तको हकप्रद असार १ बाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वरोजगार लघुवित्तको हकप्रद असार १ बाट



काठमाडौं,१४ जेठ । स्वरोजगार लघुवित्त विकास बैंकले ३ लाख ४९ हजार ९९३ कित्ता हकप्रद शेयर निष्काशन ‍गर्ने भएको छ। बैंकले असार १ गतेदेखि सेयर निस्कासन गर्ने भएको छ। बैंकको सेयर साउन ४ गतेसम्म भर्न पाइन्छ।
जेठ १६ गतेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउने छन्। बैंकले हकप्रदको लागि जेठ ४ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। बैंकको दुई कित्ता हुनेले एक कित्ता भर्न पाउँछन्।
शेयरधनीले हकप्रदको दरखास्त स्वरोजगार लघुवित्तका कार्यालय, एनएमबि क्यापिट नागपोखरी, एनएमबि बैंकका शाखा कार्यलयहरु तीनकुने, सूर्यविनायक, कुमारीपाटी, बनेपा, बुटवल, महेन्द्रनगर, धरान, विराटनगर, सुर्खेतरोड, नेपालगञ्ज, धनगढी, पोखरा, विरगञ्ज, भानुचोक, जनकपुर, चितवन, विर्तामोड, झापाबाट भर्न पाउने छन्।
बैंकको चुक्ता पूँजी ६ करोड ९९ लाख ९९ हजार रुपैयाँ रहेको छ। बैंकले चैत मसान्तसम्म २ करोड ३ लाख रुपैयाँ मुनाफा गरेको छ। बैंकको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ रहेको छ।
बैंकको सेवा कार्यालयहरु १० जिल्लामा रहेका छन्। बैंकले कृषि उद्योग सेवा व्यापार तथा अन्य व्यावसायीक रुपले सम्भाव्य क्षेत्रमा लगानी गरेको छ।

प्रकाशित : १४ जेष्ठ २०७४, आईतवार ०७:१४