तोकिएको चुक्तापुँजी नपुर्याउने बैंकलाई राष्ट्र बैंकले कडाई गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तोकिएको चुक्तापुँजी नपुर्याउने बैंकलाई राष्ट्र बैंकले कडाई गर्ने



काठमाडौं,१४ जेठ ।तोकिएको चुक्तापुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थाले लाभांश तथा बोनस सेयर घोषणा गर्न नपाउने भएको छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दै राष्ट्र बैंकले चुक्तापुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थाहरुलाई लाभांश तथा बोनस सेयर घोषणा गर्न रोक लगाउने जानकारी दिएको हो । त्यस्तै, तोकिएको चुक्तापुँजी नपुर्याउने बैंकलाई नयाँ शाखा खोल्न पनि रोक लगाइने भएको छ भने निक्षेप परिचालनमा सीमा कायम गरिने भएको छ ।

चुक्तापुँजी वृद्धिका लागि नेपाल राष्ट्र बैंकले दिएको समयसीमा सकिन डेढ महिना मात्रै बाँकी छ । हालसम्म थोरै मात्र बैंकले तोकेको चुक्तापुँजी पुर्याएका छन् । यसैबीच चुक्तापुँजी पुर्याउन नसक्ने बैंकलाई के गरिन्छ भन्ने प्रश्न उब्जिरहेको अवस्थामा राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो । यसअघि, राष्ट्र बैंकले चुक्तापुँजी नपुर्याउने बैंकलाई कारबाही गरिने भन्दै आएको थियो । यद्यपि, के कारबाही हुन्छ भनेर खुलाएको थिएन।

चुचुक्तापुँजी नपुर्याउने बैंकहरुको लागि कडाई गर्ने घोषणा गरेको राष्ट्र बैंकले बैंकहरुको चुक्तापुँजीमा सुधार आइरहेको कुरालाई भने स्वीकारेको छ । राष्ट्र बैंकका अनुसार, २०७३ चैत्र मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी दुई खर्ब चार अर्ब ११ करोड रुपैयाँ पुगेको छ । पुँजीवृद्धिको नीति घोषणा हुँदा बैंकहरुको चुक्तापुँजी एक अर्ब ४० अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित : १४ जेष्ठ २०७४, आईतवार ०९:०२