१४ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१४ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ १४ जेठ । कारोबार को पहिलो दिन आज आइतबार नेप्से १४ अंकले ओरालो लागेको छ। १६सय २९ मा खुलेको नेप्से १६सय १५ मा पुगेर बन्द भएको छ। आइतबार होटल र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएको छ ।
आइतबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै गुमाएको छ। आइतबार इन्स्योरेन्स समुह १सय ३४ दशमलव ३ अंकले ओरालो लागेको छ । आइतबार उतपादनमुलक समुह ३६ दशमलव ९३ अंकले, जलविधुत समुह २७ दशमलव ८४ अंकले, विकास बैँक समुह १७ दशमलव ४ अंकले, बैकिड. समुह १७ अंकले र फाइनान्स समुह ७ दशमलव ३४अंकले ओरालो लागेको छ ।
आइतबार अन्य समुह २५ दशमलव ७४ अंकले उकालो लागेको छ । आइतबार होटल समुह १३ दशमलव १५अंकले उकालो लागेको छ ।
आइतबार कारोबारमा आएका १४८ कम्पनी बाट १४ लाख ७६ हजार ८ सय १३ कित्ता शेयरबाट ७५ करोड ६० लाख १७ हजार ५ सय ८८ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : १४ जेष्ठ २०७४, आईतवार ०९:४०