फेशबुकले ल्यायाे नयाँ कानुन : यस्ता कामहरू भुलेर पनि नगर्नुस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

फेशबुकले ल्यायाे नयाँ कानुन : यस्ता कामहरू भुलेर पनि नगर्नुस



लसएञ्जलस । फेसबुकका माध्यमबाट कसैको अश्लील तस्बिर उसको अनुमतिबिना पोस्ट गर्न रोक्नका लागि फेसबुकले तयारी गरेको छ । यस प्रकारको पोस्तलाई रिभेन्स पोस्ट भनिन्छ ।फेसबुक यसप्रकारका तस्बिर दोस्रो पटक पोस्ट गर्नका लागि पूर्ण रुपमा रोक लगाउने तयारीमा रहेको छ ।

यो रोक फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा लागू हुने भएपनि ह्वाट्सएपमा भने तत्कालै हुने छैन ।फेसबुक आफैले त्यस्ता पोस्टमाथि कारबाही गर्ने र आपत्तिजनक पोस्टमाथि रिपोर्ट टुलका माध्यमबाट आपत्ति जनाउन सकिनेछ ।

यसपछि कम्युनिटी अपरेशन टिमले उजुरीकर्तालाई तस्बिरमा देखाइएको छ या छैन भन्ने छानविन गर्नेछ । त्यसपछि फोटो त्यहाँबाट हटाएर जुन एकाउन्टबाट पोस्ट भएको छ, त्यसलाई ब्लक गरिदिनेछ । यसपछि बिना कुनै मानवीय मद्दत एक फोटो पहिचान गर्ने सफ्टवेयरले सुनिश्चित गर्ने छ कि तस्बिर दोस्रोपटक पोस्ट भयो या भएन भनेर ।

फेसबुक वैश्विक सुरक्षा प्रमुख एन्टिगन डेभिसले यो पहिलो कदम भएको र यसका लागि प्रविधिको विकासमा आफूहरू प्रयासरत रहेको बताएका छन् । – एजेन्सी

प्रकाशित : १४ जेष्ठ २०७४, आईतवार १०:०८