एक पटक एफपीओ ल्याइसकेका कम्पनीले फेरि ल्याउन पाँच वर्ष कुर्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एक पटक एफपीओ ल्याइसकेका कम्पनीले फेरि ल्याउन पाँच वर्ष कुर्नुपर्ने



काठमाडौं, १५  जेठ ।एकपटक एफपीओ (फर्दर पब्लिक अफर) जारी गरेको संस्थाले अबदेखि फेरि पाँच वर्ष नपुगी पुनः अर्को एफपीओ जारी गर्न नपाउने भएका छन् । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले पुँजी बजार संरचनात्मक सुधार गर्ने ‘धितोपत्र दर्ता तथा बाँडफाँट निर्देशिका २०७४’ जारी गर्दै संगठित संस्थाले धितोपत्रको थप सार्वजनिक निष्कासन गरेको मितिले ५ वर्ष पूरा नभएसम्म पुनः एफपीओ जारी गर्न नपाउने व्यवस्था गरेको हो । योसँगै एफपीओ जारी गर्न अनुमति माग्दै आवेदन दिएका एनएमबि बैंक र शिखर इन्सुरेन्सको एफपीओ रोकिएको छ । एनएमबि बैंकले १ करोड १४ लाख  १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्न माग गर्दै धितोपत्र बोर्डको स्विकृतिको पखाईमा थियो । यस्तै शिखर इन्सुरेन्सले पनि ३ लाख ६२ हजार ७८१ कित्ता एफपीओ ल्याउन बोर्डसँग अनुमति मागेको थियो ।
धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले यी दुई कम्पनीले एफपीओ निष्कासनका लागि अनुमति मागे पनि उनीहरुको आवेदन विचाराधीन रहेकाले अब निर्देशिका लागू भइसकेको अवस्थामा उनीहरुलाई फेरि एफपीओ निष्कासन गर्न दिन नमिल्ने बताए । पछिल्लो समय बर्षैपिच्छे एफपीओ जरी गर्नेक्रम बढेपछि त्यसलाई  व्यवस्थित गर्न अर्कोपटक एफपीओ निष्कासन गर्न पाँच वर्षसम्म कुर्नुपर्ने बाध्यकारी प्रावधान ल्याइएको बोर्डले जनाएको छ । यता, प्रिमियममा धितोपत्रको थप सार्वजनिक निष्कासन गर्न चाहेमा त्यस्तो संस्थाले पछिल्लो तीन वर्षको पुँजीकृत भएको आम्दानी  (क्यापिटलाइज्ड अर्निङ), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो), र प्रतिसेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नुपर्ने व्यवस्था पनि नयाँ निर्देशिका मार्फत जानकारी गराइएको छ ।

 

प्रकाशित : १५ जेष्ठ २०७४, सोमबार ०५:३७