ब्रोकर कम्पनीको पूँजी २ करोड, कहिलेसम्म दिइयो समय सीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ब्रोकर कम्पनीको पूँजी २ करोड, कहिलेसम्म दिइयो समय सीमा



काठमाडौं, १५ जेठ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी १० गुणा वृद्धि गरेको छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता नियमावली), २०६४ को संशोधन गर्दै पूँजी वृद्धि गरेको बोर्डले यसका लागि कम्पनीहरुलाई पुस मसान्तसम्मको समयसीमा दिएको छ ।

हाल २० लाख रुपैंयाँ चुक्ता पुँजी रहेको ब्रोकर कम्पनीहरुले अब चुक्तापूँजी दुई करोड पु्याउनु पर्नेछ ।
त्यस्तै बोर्डको स्वीकृति लिएर मात्र शाखा कार्यालय खोल्न सक्ने र आवश्यक पूर्वाधार तथा अन्य शर्तहरु बोर्डले तोक्न व्यवस्था पनि बोर्डले गरेको छ ।

प्रकाशित : १५ जेष्ठ २०७४, सोमबार ०६:५४