यी हुन गणतन्त्र दिवसमा पदक पाउने व्यवसायी र बैंकर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यी हुन गणतन्त्र दिवसमा पदक पाउने व्यवसायी र बैंकर



काठमाडौं, १५ जेठ ।गणतन्त्र दिवसको अवसरमा व्यवसायी तथा बैंकरले पदक पाएका छन् ।  सरकारले गणतन्त्र दिवसको अवसरमा विभिन्न पेसामा आवद्ध रहि राष्ट्रिय हितमा कार्य गरेका ४ सय ९६ जनालाई विभिन्न पदबाट सम्मान गरेको छ । कीर्तिमयराष्ट्रदीपबाट बैंकर ज्योतिप्रसाद पाण्डे सम्मानीत भएका छन् ।

प्रबल जनसेवाश्रीबाट उद्योग व्यवसायी कैलाशचन्द्र गोयल र पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठ सम्मानीत भएका छन् । जनसेवाश्री उद्योग÷व्यवसायी राजेन्द्र खेतान, उद्योग/व्यवसायी सतिषकुमार मोर र व्यापारी विश्वनाथ शाहले पाएका छन् ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना र गभर्नर कार्यालयका निर्देशक राजेन्द्र पन्डितले जनसेवाश्री पदक पाएका छन् ।

कैलाशचन्द्र गोयल, नेपाल उद्योग बाणिज्य महासंघको महिला उद्यमी मञ्चकी पूर्व अध्यक्ष प्रमिला आचार्य रिजाल र पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठले प्रवल जनसेवाश्री पाएका छन्।

प्रकाशित : १५ जेष्ठ २०७४, सोमबार ०८:१४