सप्तकोशी डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सप्तकोशी डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्काशन गर्ने



काठमाडौं, १५ जेठ  । सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले एक बराबर १ दशमलव ३ को अनुपातमा अर्थात १३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

हकप्रद निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्ड पुगेको बैंकको हकप्रदलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ ।

बैंकले २७ करोड ४३ लाख रुपैयाँ बराबरको २७ लाख ४३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा यसअघिनै एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

प्रकाशित : १५ जेष्ठ २०७४, सोमबार ०९:१३