१२ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१२ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत हुँदै



काठमाडाै १५ जेठ । सोमबार १२ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत हुँदै छ। अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि सो बराबरको बजेट संसदमा प्रस्तुत गर्न लागेका हुन् । सोमबार साढे २ बजे बसेको मन्त्रिपरिषदको बैठकले १२ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको बजेट पारित गरेको हो । सरकारले बजेट मार्फत ७४४ स्थानीय तहलाई २ खर्ब १५ अर्ब रुपैयाँ अनुदान दिएको छ । बजेट भाषण सोमबार ४ बजे हुँदै छ । बजेटका लागि नेपाली कांग्रेसका सभापती शेरबहादुर देउबा, पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता रामशरण महतलगायत संसद भवन प्रवेश गरिसकेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७४, सोमबार १०:११