संसारकै सबैभन्दा सानो स्मार्टफोन, यस्ता छन सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

संसारकै सबैभन्दा सानो स्मार्टफोन, यस्ता छन सुविधा



एजेन्सी  १६ जेठ । संसारकै सबैभन्दा सानो ‘फोरजी’सहित अत्याधुनिक सुविधा–सम्पन्न स्मार्टफोन बनेको छ ।

हत्केलामा अटाउने यो स्मार्टफोनको नाम ‘जेली’ राखिएको छ । १० वर्षदेखि स्मार्टफोनको डिजाइन गरिरहेको चीनको संघाइस्थित ब्रेनचाइल्ड ग्रुपको युनिहर्जले संसारकै सबैभन्दा सानो र अत्याधुनिक सुविधासहितको स्मार्टफोन सार्वजनिक गरेको हो ।

यस स्मार्टफोन दुईओटा भर्सनको हुने कम्पनीले उल्लेख गरेको छ । कम्पनीकाअनुसार जेली र ‘जेली प्रो’ नाम दिइएको यस स्मार्टफोन आगामी अगष्ट महिनाबाट बजारमा आउनेछ ।

यो स्मार्टफोन अरु स्मार्ट फोनभन्दा फास्ट डाटा कनेक्टिभिटीसहित ‘फास्टर प्रोसेसर’ र प्रर्याप्त स्टोरेज क्षमताको हुने कम्पनीको दाबी छ ।

यसको मूल्य पनि अरु स्मार्टफोनभन्दा सस्तो हुने बताइएको छ । जेलीको एउटा स्मार्टफोनको मूल्य ११ हजार १९२ रुपैयाँ (१०९ अमेरिकी डलर) पर्नेछ भने जेली प्रोको एउटाको मूल्य १२ हजार ८३५ रुपैयाँ (१२५ डलर) पर्नेछ ।

जेली भर्सनमा १ जीबी र्‍याम र ८ जीबी आन्तरिक मेमोरी स्टोरेज क्षमता रहेको छ । त्यस्तै, जेली प्रो भर्सनमा २ जीबी र्‍याम र १६ जीबी आन्तरिक मेमोरी स्टोरेज क्षमता रहेको छ ।

दुबै भर्सनमा शक्तिशाली १.१ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर राखिएको छ भने दुबै फोनले २५६ जीबीको मेमोरीकार्ड सर्पोट गर्नेछ । यी दुबै फोनलाई जिन्स पाइन्टको सानो खल्तीमा राख्न सकिने उल्लेख गरिएको छ ।

एन्ड्रोइड ७ भर्सन अपरेटिङ सिस्टममा चल्ने जेलीमा दुईओटा ‘नानो’ सिम प्रयोग गर्न सकिन्छ । २.४५ इन्च एलसीडी डिस्प्ले भएको फोनमा ९५० एमएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । कम्पनीले दुबै फोन सेतो, कालो र आकाशे नीलो रङमा उपलब्ध हुने उल्लेख गरेको छ ।

कम्पनीकाअनुसार यस फोनको तौल जम्मा ६०.४ ग्राम छ । त्यस्तै, फोनमा अगाडि २ मेगापिक्सल र पछाडि ८ मेगापिक्सलको क्यामेरा राखिएको छ ।

प्रकाशित : १६ जेष्ठ २०७४, मंगलवार ०२:२१