सनराईज बैंकको ३० प्रतिशत हकप्रद खुल्यो, असार १९ गतेसम्म आवेदन दिन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराईज बैंकको ३० प्रतिशत हकप्रद खुल्यो, असार १९ गतेसम्म आवेदन दिन सकिने



काठमाडाै १६ जेठ  ।सनराईज बैंकले जेठ १६ गते मंगलबारदेखि चुक्तापूँजीको ३० प्रतिशत हकप्रद निष्काशन गरेको छ । बैंकले एक करोड ६३ लाख ५९ हजार छ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

सनराईज बैंकले हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटललाई तोकेको छ । बैशाख २८ गते विहीबारसम्म बैंकको सेयरमा स्वामित्व कायम गरेका सेयरधनीले असार १९ गतेसम्म प्रभु क्यापिटल लिमिटेड कमलादी तथा सनराई बैंकको सम्पुर्ण शाखा कार्यालयहरुबाट हकप्रद भर्न सक्नेछन् ।

बैंकको अहिले चुक्ता पूँजी पाँच अर्ब ४५ करोड ३२ लाख रुपैंया रहेको छ । ३० प्रतिशत हकप्रद बिक्री पश्चात बैंकको चुक्ता पूँजी सात अर्ब नौ करोड रुपैंया नाघ्नेछ ।

सनराईज बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा गत बर्षको यसै अवधिको तुलनामा ४८ प्रतिशत बढी ८६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २०.९८ रुपैयाँ कायम गरेको छ ।

राष्ट्र बैंकले तोकेको आठ अर्ब पूँजी पुर्याउन बैंकले चालु आर्थिक वर्षको कमाईबाट ९० करोड बढी रकम बराबरको बोनस सेयर बितरण गर्नु पर्ने देखिन्छ । बैंकको सेयर आईतबार नेप्सेमा प्रतिकित्ता ४०० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १६ जेष्ठ २०७४, मंगलवार ०५:३३