सिद्धार्थ बैंक र पूर्णिमा विकास बैंकको हकप्रदको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंक र पूर्णिमा विकास बैंकको हकप्रदको मूल्य समायोजन



काठमाडौैं १६ जेठ।सिद्धार्थ बैंक र पूर्णिमा विकास बैंकको हकप्रदको  मूल्य समायोजन भएको छ । सिद्धार्थको ३० प्रतिशत  र पूर्णिमाको २५ प्रतिशत हकप्रद शेयरको मूल्य समायोजन भएको हो । हकप्रद समायोजनपछि सिद्धार्थको सेयर कारोबार प्रतिकित्ता ५३८ रुपैयाँमा खुलेको छ । यसको औसत आधार मूल्य भने ६३९ रुपैयाँ छ । बैंकले जेठ २५ गतेदेखि ३०५ हकप्रद बिक्री गर्न मंगलबार बुक क्लोज गरेको हो । बैंकले १०ः३ अनुपातमा १ करोड ५७ लाख ५२ हजार ५७८।१३ कित्ता हकप्रद सेयर बिक्री गर्दैछ ।

यसैगरी, पूर्णिमा विकास बैंकको पनि २५ प्रतिशत हकप्रदको मूल्य समायोज गरेर ३४० रुपैयाँ भाउ तोकिएको छ । यसको औसत आधार मूल्य भने ३६२ रुपैयाँ छ । पूर्णिमाले ४ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न मंगलबार नै बुक क्लोज गरेको हो । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरको ८ लाख ८० हजार ९६२।८२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

प्रकाशित : १६ जेष्ठ २०७४, मंगलवार ०६:३६