एयरबसले चीनमा दोश्रो कारखाना स्थापना गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एयरबसले चीनमा दोश्रो कारखाना स्थापना गर्ने



काठमाडौं । युरोपेली जहाज निर्माता कम्पनी एयरबसले चीनमा दोश्रो कारखाना स्थापना गर्ने भएको छ । कारखाना स्थापनाका लागि एयरबसले चीनसँग सम्झौता गरेको हो ।

विश्वकै दोश्रो ठूलो अर्थतन्त्र भएको चीनसँगको सम्बन्ध थप बलियो बनाउन युरोपको एयरबस लगानीसहित अगाडि बढेको हो । चीनका प्रधानमन्त्री लि कोक्विआङको उपस्थितिमा फ्रान्सस्थित एयरबसको मुख्यालयमा बिहीबार सम्झौता भएको हो ।
एयरबसका अनुसार ‘ए३३०’ सिरिजका जहाजको क्याबिन उत्पादन गर्नका लागि कारखाना स्थापना गर्न लागिएको हो । यो कारखाना स्थापना गर्न १६ करोड ६३ लाख अमेरिकी डलर लगानी हुनेछ । नयाँ जहाजको अर्डर आउेन लक्ष्य राख्दै कारखाना स्थापना गर्न लागिएको जनाएको छ ।

प्रकाशित : २१ असार २०७२, सोमबार ०७:२६