जथाभावी बाटो काट्नेमाथि प्रहरी निगरानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जथाभावी बाटो काट्नेमाथि प्रहरी निगरानी



काठमाडौं, २६ जेठ – ट्राफिक प्रहरीले जथाभावी बाटो काट्नेहरुमाथि निगरानी बढाएको छ । केही दिन अघिदेखिनै जथाभावी बाटो काट्नेहरुलाई कारबाही गर्ने जनाउ दिइसकेको प्रहरीले अब जथाभावी बाटो काट्नेहरुलाई कारबाही गर्न थालेको छ ।

ट्राफिक महाशाखाका अनुसार आजदेखि कडाई गरिएको छ । अब जथाभावि बाटो काट्नेहरुलाई दुई सय जरिवाना गरिने प्रहरीले जनाएको छ । साथमा दुई सय नहुनेलाई चाहिँ तीन घण्टा सम्म थुन्ने प्रहरीले जनाएको छ । आज काठमाडौंको सडकमा जथाभावी बाटो काट्नेले दुई सय जरिवाना तिरेका छन् । नहुने चाहिँ तीन घण्टा सम्म प्रहरीको नियन्त्रणमा बसेका छन् ।

प्रकाशित : १६ जेष्ठ २०७४, मंगलवार ०८:१५