प्रज्ञान सेक्युरिटिजको काठमाडौँ शाखाको कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रज्ञान सेक्युरिटिजको काठमाडौँ शाखाको कारोबार फुकुवा



काठमाडाै १६ जेठ  ।नेपाल धितोपत्र बोर्डले इन्साईडर ट्रेडिङ गरेको आरोपमा प्रज्ञान सेक्युरिटिजलाई  कारबाही गर्दै शेयर कारोबारमा लागाएको रोक आजदेखि खोलिदिएको छ । जेठ ८ गते देखि रोकिएको कारोबार आठ दिनपछि सुचारु भएको हो । ब्रोकर नम्बर १० प्रज्ञान सेक्युरिटिजले  सिभिल बैंकको साधारणसभामा हकप्रद शेयरको प्रस्ताव पुग्नुअघि नै त्यो सूचना चुहाएको आरोपमा बोर्डले अनुसन्धान सुरु गरेको थियो ।

भाइबरमार्फत सूचना चुहाएर इन्साइडर ट्रेडिङलाई प्रबर्द्धन गरेको  बोर्डले आरोप थियो । अहिले पनि अनुसन्धान जारी रहेको बोर्डका सहायक प्रबक्ता निरंजय घिमिरेले जानकारी दिएका छन् । ” हामीले अहिले काठमाडौँको मात्र खुल्ला गरेका छौ बिराटनगर शाखाबाट सूचना चुहिएकोले अहिले पनि बिराटनगर शाखाको भने अनुसन्धान भैरहेको छ ” घिमिरेले भने । अध्यनकै क्रममा रहेकोले जस्तो  अपराध पुष्टि हुन्छ त्यहि अनुसारको कारबाही हुने घिमिरेले बताए।

अनुसन्धान टुङ्गोमा नपुगेसम्म बिराटनगर शाखाको  कारोबार स्थगित नै राख्ने घिमिरेले बताए  । सिभिल बैंकले सुरुमा ३० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव गरेको थियो। उसले साधारणसभा डाक्नुअघि नै ब्रोकर कम्पनी प्रज्ञानले भाइबरमार्फत सूचना चुहाएर सिभिलले प्रस्ताव संशोधन गर्दै हकप्रद ४० प्रतिशत दिने उल्लेख गरेको थियो।

भोलिपल्ट सिभिलको साधारणसभाले प्रज्ञानले अघिल्लो दिन दावी गरेजस्तै हकप्रद ३० बाट बढाएर ४० प्रतिशत पुर्याएको प्रस्ताव अनुमोदन गर्यो ।
यता प्रज्ञान सेक्युरिटीले भने आफुहरुलाई लगाइएको आरोप झुटो रहेका बताउँदै आएको छ। आफुहरुलाई बद्नाम गर्ने नियतले कसैले हाम्रो नाम ठेगाना राखेर छुट्टै एकाउन्ट सिर्जना गरी भाइबरमा हल्ला फिँँजाएको सेक्युरिटीजको दावी छ ।

प्रकाशित : १६ जेष्ठ २०७४, मंगलवार ०९:१२