मिर्मिरे र स्वरोजगार लघुवित्तको हकप्रद सेयरको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मिर्मिरे र स्वरोजगार लघुवित्तको हकप्रद सेयरको मूल्य समायोजन



काठमाडौं १७ जेठ। मिर्मिरे माइक्रोफाइनान्स र स्वरोजगार लघुवित्तको हकप्रद सेयरको मूल्य समायोजन भएको छ । यी दुवै संस्थाको ५०प्रतिशत हकप्रद सेयरको मूल्य समायोजन भएको हो । हकप्रद समायोजनपछि बुधबार मिर्मिरेको सेयर कारोबार प्रतिकित्ता २१ सय ५७ रुपैयाँमा खुलेको छ । यसको औसत आधार मूल्य भने १५ सय ७० रुपैयाँ छ । यसैगरी, स्वरोजगारको पनि ५०प्रतिशत हकप्रद सेयरको मूल्य समायोजन भएर प्रतिकित्ता १७ सय ५३ रुपैयाँमा कारोबार खुला भएको छ । यसको औसत आधार मूल्य १७ सय ६६ रुपैयाँ छ ।

यी दुवै लघुवित्तले ५०प्रतिशत हकप्रद बिक्री गर्न बुधबार बुक क्लोज गरेका हुन् । स्वरोजगारले ३ लाख ४९ हजार ९९३।६० कित्ता हकप्रद सेयर असार १ गतेदेखि बिक्री गर्दैछ । मिर्मिरेले पनि १ लाख ५० हजार कित्ता हकप्रद बिक्री गर्न लागेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मिर्मिरेको चुक्ता पुँजी ३ करोड रुपैयाँ छ भने स्वरोजगारको ६ करोड ९९ लाख ९८ हजार रुपैयाँ छ ।

प्रकाशित : १७ जेष्ठ २०७४, बुधबार ०६:१३