सन्राइज बैंक लिमिटेडको शाखा मकवानपुरको हेटौंडामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सन्राइज बैंक लिमिटेडको शाखा मकवानपुरको हेटौंडामा



काठमाडौं १७ जेठ । सन्राइज बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौंडामा शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन् एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यलय वीरगंजका निर्देशक धनन्जय शर्मा र हेटौंडा उपमहानगरपालिकाका मेयर  हरि बहादुर महतले संयुक्त रुपमा गर्नुभएको छ । सो समारोहमा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली तथा बैंकका प्रमुख कार्यकारी अधिकृत  रत्नराज बज्राचार्य, नायव महाप्रबन्धक  अपछ कुमार यादव लगायत ठूलो संख्यामा स्थानीय सर्वसाधारण तथा ग्राहक वर्गको उपस्थिति रहेको थियो ।

बैंकले साबिकको नारायणी नेशनल फाइनान्सलाई प्राप्ती गर्दा नारायणगढमा दोहरिएको शाखाको कारोबार एउटै शाखामा एकीकृत गरी अर्को शाखालाई हेटौंडामा स्थानान्तरण गरिएको हो । यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पु¥याउन सक्षम हुुुुनुका साथै मकवानपुर क्षेत्रका ग्राहकलाई सुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा प्रादन गरिने तथा उक्त शाखाबाट ग्राहकहरुलाई भारी छुटका साथ लकर सेवा समेत उपलब्ध गराइएको छ ।
सन्राइज बैंक लिमिटेडले नेपाल अधिराज्य भर ७० वटा शाखा र ८१ वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकको वि। पि। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि।एल।एन। काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १६ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।

प्रकाशित : १७ जेष्ठ २०७४, बुधबार १०:३६