खुल्यो समता माइक्रोफाइनान्सको शेयर कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खुल्यो समता माइक्रोफाइनान्सको शेयर कारोबार



काठमाडौं, जेठ १८ । समता माईक्रोफाईनान्सको दोश्रो बजारमा शेयर कारोबार खुलेको छ । गतसाता मात्र तीन लाख १६ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको कम्पनीको शेयर विहिबार देखि शुरु भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारलाई प्रतिकित्ता १३४ रुपैयाँदेखि ४०३ रुपैयाँसम्मको मूल्य रेञ्ज दिएको छ । कम्पनीको कारोबार (SAMATA) कोड बाट हुने नेप्सेले जनाएको छ ।

बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको कम्पनीले गत पुसमा ९४ हजार ८०० कित्ता साधारण शेयर निष्काशन गरी बाँडफाँट गरेको थियो ।

प्रकाशित : १८ जेष्ठ २०७४, बिहीबार ०६:४४