गुराँस लाइफ इन्स्योरेन्सले दिने भयो ५० प्रतिशत हकप्रद शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गुराँस लाइफ इन्स्योरेन्सले दिने भयो ५० प्रतिशत हकप्रद शेयर



काठमाडौं, १८  जेठ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई ५० प्रतिशत हकप्रद शेयर दिने भएको छ । कम्पनीले ८ प्रतिशत बोनस शेयरपछि २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको जेठ १७ गते बसेको संचालक समितिको वैठकले लगानीकर्तालाई उक्त हकप्रद शेयर दिने निर्णय गरेको नेप्सेले जनाएको छ । लगानीकर्ताले भने उक्त हकप्रद शेयर कम्पनीको अगामि साधारण सभा र नियमक निकायले पारित गरेपछि मात्रै पाउँने छन् ।

प्रकाशित : १८ जेष्ठ २०७४, बिहीबार ०७:०२