आर.पि. बेकरीले पायो राष्ट्रिय खाद्य स्वच्छता प्रमाणपत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आर.पि. बेकरीले पायो राष्ट्रिय खाद्य स्वच्छता प्रमाणपत्र



काठमाडौं, १८ जेठ ।“राम्रो” ब्राण्डका बिस्कुट तथा कुकीजहरुका उत्पादक आर.पि. बेकरीलाई ९ औं राष्ट्रिय खाद्य स्वच्छता दिवसमा प्रथम स्थानको प्रमाणपत्र द्वारा सम्मानित गरिएको छ ।

सो समारोह, कृषि बिकास मन्त्रालय अन्तर्गत, खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले बार्षिक रुपमा आयोजना गर्दै आएको छ । यो एक प्रतिष्ठीत अवार्ड हो, जो स्वास्थ्यकर तथा गुणस्तरलाई उच्चतम नियन्त्रण गरि खाद्य बस्तु उत्पादन गर्ने कम्पनीहरुलाई मात्र प्रदान गरिन्छ ।

बि.सं. २०६९ मा पनि आर.पि. बेकरीलाई सोही समारोहले दोस्रो स्थानबाट सम्मानित गरिएको थियो । गत ४ बर्षमा, आर.पि. बेकरीले आफ्नो उपकरणहरुलाई आधुनिकीकरण गरि नयाँ तथा स्वास्थ्यकर बिस्कुट तथा कुकीजहरु कडा गुणस्तर परिक्षणका साथ उत्पादन गरि प्रथम स्थान प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ ।

“यस उपलब्धिलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिनलाई मैले एउटा ठुलो चुनौतीको रुपमा लिएकोछु ।” आर.पि. बेकरीका निर्देशक आदित्य अग्रवाल भन्छन् ।

आर.पि. बेकरी कैलालीको अत्तरीयामा अवस्थित रहेको छ । आर.पि. बेकरीको स्थापना आर. पि. ग्रुप अन्तर्गत सन् २०११ मा स्थापना भएको कम्पनीले “राम्रो”, “डिङ्ग–डङ्ग”, “रोयल”, “सितारा” आदि नाममा बिभिन्न गुणस्तरीय उत्पादनहरु बजारमा उपलब्ध गराउँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : १८ जेष्ठ २०७४, बिहीबार १०:३७