यसरी छापिँदो रहेछ चीनमा नेपाली नोट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यसरी छापिँदो रहेछ चीनमा नेपाली नोट



एजेन्सी  १९ जेठ। तपाईंलाई नेपाली नोट कहाँ र कसरी छापिन्छ होला भन्ने लागेको होला । आज हामी तपाईलाई नेपाली नोट कसरी र कहाँ छापिन्छन् भन्ने देखाउँदै छौँ । नेपालमा हाल ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नोट प्रचलनमा छन् ।

यी नोटहरु सबै एकै देशमा र ठाउँमा छापिँदैनन् । त्यसमध्ये केही नोट चीनमा छापिने गरेका छन् । नेपालमा प्रचलनमा रहेका १०० र १००० रुपैयाँको नेपाली नोट सन् २०१६ मा चिनिया बैंक नोट प्रिन्टिङ कारखानामा छापिएका छन् ।

प्राप्त समाचार अनुसार, हालै चीनको नानछाङ बैंक–नोट प्रिन्टिङ्ग कारखाना तथा नेपाल राष्ट्र बैंकबीच छब्बीस करोड वटा ५ रुपैयाँको नेपाली नोट छाप्ने ठेक्कामा सम्झौता भएको छ ।

गत वर्ष अर्थात् सन् २०१६ मा नेपालको लागि रुपैयाँ १०० तथा १००० का नोट यसै कारखानाले छापेको थियो । सोही कम्पनीले अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमार्फत यो वर्ष पनि नोट छाप्ने अनुमति पाएको छ ।

प्रकाशित : १९ जेष्ठ २०७४, शुक्रबार ०५:२८