बुम रेमिट र कृषि विकास बैंकबीच रेमिट्यान्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बुम रेमिट र कृषि विकास बैंकबीच रेमिट्यान्स सम्झौता



काठमाडौं, २१ जेठ ।बुम रेमिट्यान्स प्रालिले कृषि विकास बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । एजेन्ट नियुक्त गर्नेसम्बन्धी सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले शुक्रबार हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार, बुम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम कृषि विकास बैंक लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ । साथै कृषि विकास बैंक लिमिटेडका शाखाहरुले बुम रेमिट्यान्ससँग आवद्घ अन्य रेमिट्यान्सको पनि भुक्तानी गर्न सक्नेछ । मुलुकभर कृषि विकास बैंकका दुई सय ५७ वटा शाखा रहेका छन् ।

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा चार हजार वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । आन्तरिक सञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो सञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति लिएको छ । बुम रेमिटले विभिन्न बैंकहरूसंग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूत्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कम्पनीका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले जानकारी दिए । पन्त “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि श्रमिकहरुलाई विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्कमा नेपाल सरकारले राहत दिनुपर्ने तर्क राख्छन् । विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : २१ जेष्ठ २०७४, आईतवार ०६:१५