माइक्रोम्याक्सको नयाँ मोवाइल नेपाली बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माइक्रोम्याक्सको नयाँ मोवाइल नेपाली बजारमा



काठमाडौं। मोबाइल फोनको क्षेत्रमा अग्रणी स्थानमा आफ्नो नाम राख्न सफल भएको माइक्रोम्याक्स मोवाइलले नेपाली बजारमा माइक्रोम्याक्स डुडल ४ क्यू ३९१ मोवाइल नेपाली बजारमा ल्याएको छ । यो मोवाइलमा एन्ड्रोइड ५ ललिपप अपरेटिङ सिस्टम रहेको छ ।

यो मोवाइलमा १.३ गिगाहर्ज क्वाड कोर एआरएम कोर्टेक्स ए ७ प्रोसेसर रहेको छ भने यसले मोवाइलमा एप्सहरु छिटो खुल्ने कम्पनीको दावी छ । यो मोवाइलमा ६ इन्चको गोरिल्ला ग्लास आइपिएस स्क्रिन रहेको छ ।

कम्पनीका अनुसार नयाँ मोवाइलमा आठ मेगापिक्सेल रेयर क्यामेरा र दुई मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । यसमा आठ जिबी इन्टर्नल मेमोरी रहेको छ भने ग्राहकले ३२ जिबीसम्मको एक्सटर्नल मेमोरी कार्ड राख्ने सक्ने कम्पनीको भनाइ छ ।

डबल सिम लाग्ने मोवाइलमा तीनहजार एमएएच ब्याट्री रहेको छ । यसको मूल्य १५ हजार९ सय ५० रुपैयाँ रहेको छ ।

प्रकाशित : २१ असार २०७२, सोमबार १५:१४