सांग्रिला डेभलपमेन्टले नेपाल कम्युनिटीलाई प्राप्ति नगर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सांग्रिला डेभलपमेन्टले नेपाल कम्युनिटीलाई प्राप्ति नगर्ने



काठमाडौं, २१ जेठ ।सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति नगर्ने भएको छ । यसअघि, कसमस डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एकैसाथ खरिद गर्ने निर्णय गरेको बैंकको बाह्रौँ साधारणसभाले नेपाल कम्युनिटीलाई प्राप्ती गर्ने प्रस्ताव अस्वीकृत गरेको हो । कसमसलाई खरिद गर्ने प्रक्रिया भने अघि बढ्ने भएको छ ।

सांग्रिलाले कसमस र नेपाल कम्युनिटीलाई प्राप्ती गरी त्यसपश्चात् कायम हुने चुक्तापुँजीको ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको थियो । अब सांग्रिलाले कसमसलाई प्राप्ती गरेपछि कायम हुन आउने चुक्तापुँजी एक अर्ब ३४ करोड ८४ लाख ७४ हजार सात सय ५० रुपैयाँको ८० प्रतिशतले हुने एक अर्ब आठ करोड ६७ लाख ७९ हजार आठ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेर चुक्तापुँजी दुई अर्ब ४४ करोड ५२ लाख ५४ हजार पाँच सय ५० रुपैयाँ पुर्याउनेछ । बाँकी साढे पाँच करोड बरारको पुँजी बैंकले चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर पुर्याउनेछ ।

 

प्रकाशित : २१ जेष्ठ २०७४, आईतवार ०८:१४