१० दशमलव ५ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१० दशमलव ५ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ २१ जेठ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से १० दशमलव ५ अंकले ओरालो लागेको छ। १६सय ४ मा खुलेको नेप्से १५ सय ९४ मा पुगेर बन्द भएको छ। आइतबार अन्य समुह बाहेक अरु सबै समुहले गुुमाएको छ ।
आइतबार इन्स्योरेन्स समुहले सबैभन्दा धेरै गुमाएको छ। आइतबार इन्स्योरेन्स समुह ९५ दशमलव ०६ अंकले ओरालो लागेको छ। आइतबार जलविधुत समुह ३० दशमलव ६९ अंकले, होटल समुह १५ दशमलव ५५ अंकले, उतपादनमुलक समुह १३ दशमलव १ अंकले, बैकिड. समुह ९ दशमलव १९ अंकले, विकास बैँक समुह ७ दशमलव ६९ अंकले, फाइनान्स समुह १ दशमलव ०९ अंकले ओरालो लागेको छ ।
आइतबार अन्य समुह भने ० दशमलव ८६ अंकले उकालो लागेको छ ।
आइतबार कारोबारमा आएका १४१ कम्पनी बाट ९ लाख ५० हजार ४सय ७३ कित्ता शेयरबाट ५५ करोड ६७ लाख ३६ हजार १ सय ६५ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : २१ जेष्ठ २०७४, आईतवार ०९:४६