ब्रोकरहरुलाई पनि कस्दै धितोपत्र बोर्ड, पुसभित्र चुक्ता पुँजी २ करोड रुपैयाँ पुर्याउनैपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ब्रोकरहरुलाई पनि कस्दै धितोपत्र बोर्ड, पुसभित्र चुक्ता पुँजी २ करोड रुपैयाँ पुर्याउनैपर्ने



काठमाडौँ २२ जेठ ।नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई पनि कस्ने रणनीति बनाएको छ । अब विगतमा जस्तो सानो पुँजी र संरचनाले ब्रोकर कार्यालय सञ्चालन गर्न कठिन हुने देखिएको छ । त्यस्तै, जनशक्ति व्यवस्थापन र परिचालनमा पनि कडाई गरिंदैछ । धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली २०६४ मा परिमार्जन गर्दै नयाँ निर्देशन जारी गरेको हो । नयाँ प्रावधान अनुसार अब ब्रोकर कम्पनीहरुले २०७४ पुस मसान्तभित्र चुक्ता पुँजी २ करोड रुपैयाँ पुर्याउनुपर्नेछ । मुख्य कार्यालय तथा शाखा कार्यालयमा कम्प्लायन्स अधिकृतसहित कम्तिमा ५ जना कर्मचारी हुनैपर्ने व्यवस्था पनि गरिएको छ ।

एक जना प्रमुख व्यक्ति स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था नयाँ प्रावधानले गरेको छ । धितोपत्र बोर्डले ब्रोकरका शाखा कार्यालयलाई पनि प्रविधि, संयन्त्र र पुँजीमा मुख्य कार्यालयसरह कडाई गर्ने तयारी गरिरहेको छ । मुख्य कार्यालयले पालना गर्ने सबै नीतिनियम शाखा कार्यालयलाई पनि लागू हुनेछ । यसैगरी, प्रत्येक शाखा कार्यालयले काठमाडौंमा उपलब्ध मुख्य कार्यालयले व्यवस्था गरेको डिपोजिटको आधारमा कारोबारको लिमिट प्राप्त गर्नेछन् । उता, ब्रोकरहरुले भने पुँजी वृद्धिसँगै कामको दायरा फराकिलो बनाउनुपर्ने माग गर्दैआएका छन् ।

प्रकाशित : २२ जेष्ठ २०७४, सोमबार ०५:५८