पैदल यात्रुको सहयोगमा यती बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पैदल यात्रुको सहयोगमा यती बैंक



काठमाडौँ २२ जेठ ।यती डेभलपमेण्ट बैंकले संस्थागत सामाजीक उत्तरदायित्व अन्तर्गत राजधानीका बिभिन्न नौ स्थानका जेब्रा क्रसिङमा रङ लगाइदिने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ तथा प्रहरी कार्यालय दरबारमार्गको समन्वयमा दरबारमार्ग लगायत बिभिन्न स्थानका जेब्राक्रसिङमा रङ रोगन गर्न लागेको बैंकले जनाएको छ।

सर्वसाधारणलाई जेब्राक्रसिङ पहिचान गर्न सजिलो होस् भनेर रङ लगाउन लागेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ट्राफिक प्रहरीले जेब्राक्रसिङबाट मात्र बाटो काट्न सर्वसाधारणलाई कडाइ गरेसँगै बैंकले यो अभियानमा रचनात्मक साथ दिएको हो। प्रहरीले जथाभावी बाटो काट्दा कारबाही गर्न थाले पनि राजधानीका अधिकांश स्थानमा जेब्राक्रसिङ संकेत मेटिएको गुनासो सर्वसाधारणले गर्दै आएका थिए।
बैंकले जेब्राक्रसिङ मर्मतका लागि आफ्नो प्रतिबद्धता पत्र आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी मिङ्मार लामालाई हस्तान्तरण गरेको छ। हस्तान्तरण कार्यक्रममा डिजआइजी लामाले ४३ प्रतिशत दुर्घटना सडक पेटी तथा जेब्रा क्रसिङ्गको प्रयोग नगर्दा हुने गरेको हुँदा जथाभावी बाटो काट्न नपाउने अभियान सुरुवात गरेको जानकारी दिए।

प्रकाशित : २२ जेष्ठ २०७४, सोमबार ०६:०८