नेपाली पुँजी बजारमा विदेशीलाई लगानी गर्ने बाटो खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाली पुँजी बजारमा विदेशीलाई लगानी गर्ने बाटो खुल्यो



काठमाडौँ २२ जेठ ।नेपालको पूँजी बजारमा लगानी गर्न चाहने बिदेशी लगानीकर्तालाई पनि अब चाँडै बाटो खुल्ला हुने भएको छ ।

सरकारले बिदेशी लगानी तथा प्रबिधि हस्तान्तरण बिधेयक पारित गरेपछि त्यस्तो संभावनाको ढोका खुल्न लागेको हो । मन्त्रिपरिषदले गतसाता पारित गरेको बिधेयक संसदबाट पारित भएपछि कानुन बन्नेछ ।बिधेयकमा बिदेशी कम्पनी र गैरआवासीय नेपालीलाई नेपालको सेयर बजारमा लगानी गर्न खुल्ला गर्ने प्रावधान छ । धितोपत्रको दोस्रो बजारमा बिदेशीले लगानी गर्न उद्योग बिभागमा पूँजी लगानी कोष स्थापना गर्नुपर्ने र राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ ।

बिदेशी संस्थागत लगानीकर्ता र गैरआवासीय नेपालीले राष्ट्र बैंकको स्वीकृतिमा अमेरिकी डलरमै लगानी गर्न पाउने सुनिश्चितता बिधेयकले गरेको छ ।लगानीकर्ताले आफ्ले नेपालमा लगानी गरेको रकम सिधै फिर्ता लैजानसक्ने  ब्यवस्था पनि गरेको छ । यसअघि नाफा तथा लगानी फिर्तामा धेरै झंझट र अन्योल रहे पनि अब धेरै सरलीकृत हुने भएको छ ।

बिधयेकले बिदेशी लगानीकर्ता र नेपाली लगानीकर्तामा कुनै भेदभाव नगरिने पनि स्पष्ट पारेको छ । दुबै खाले लगानीकर्तालाई राज्यले समान ब्यवहार गर्नेछ ।त्यसैगरी पाँच अर्बसम्मको बिदेशी लगानी सिधै उद्योग बिभागले स्वीकृत गर्नसक्ने भएको छ । यसअघि बिभागले दुई अर्बसम्मको मात्रै स्वीकृति दिनसक्ने ब्यवस्था थियो ।बिधेयकलाई छिट्टै संसदमा पेश गरिने उद्योग मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २२ जेष्ठ २०७४, सोमबार ०७:०४