सेञ्चुरी बैंकको शाखा वदिर्याको बाँसगढीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेञ्चुरी बैंकको शाखा वदिर्याको बाँसगढीमा



काठमाडौं २२ जेठ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ३२ औ शाखा वर्दियाको बान्सगढीमा सञ्चालनमा ल्याएको छ ।बैंकले देशको पश्चिमी भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ वदिर्यामा सेवा सञ्चालनमा ल्याएको हो । साथै काठमाण्डौको मुलपानीमा रहेको ग्रिनहल सिटी हाउजिङ्गमा पनि शनिबारदेखि ए.टि.एम. सेवा सुरु गरेको छ ।

सेञ्चुरी बैंकले आगामी २८ गतेबाट भैरहवामा केन्द्रीय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंक र बनेपामा केन्द्रीय कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी एकीकृत कारोबार गर्नै भएको छ । जसबाट बैंकको शाखाहरु देशभरमै ५३ वटा हुनेछन् ।

प्रकाशित : २२ जेष्ठ २०७४, सोमबार ०८:२१