प्रभु इन्स्योरेन्स कम्पनीको ४८ हजार कित्ता सेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु इन्स्योरेन्स कम्पनीको ४८ हजार कित्ता सेयर लिलामीमा



काठमाडौं २३ जेठ । प्रभु इन्स्योरेन्स कम्पनीको ४८ हजार कित्ता सेयर लिलामीमा राखिएको छ । कम्पनीले गत चैतमा निष्काशन गरेको हकप्रद सेयर मध्ये आवेदन नपरेको संस्थापक समूहको ५ हजार ३३४ कित्ता र सर्वसाधारण समूहको ४२ हजार ७८८ कित्ता सेयर लिलामीमा राखिएको हो ।

प्रतिकित्ता १०० अंकित सेयर बढाबढ मूल्यमा बिक्री गरिन लागेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटले जनाएको छ । उक्त सेयर खरिद गर्न चाहानेले असार ७ गतेसम्ममा लिलबन्दी आवेदन बुझाउनुपर्नेछ । असार ८ गते सेयर बाँडफाँड हुनेछ ।

प्रकाशित : २३ जेष्ठ २०७४, मंगलवार ०५:२३