गुडविल फाइनान्सको दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गुडविल फाइनान्सको दर्ता किताब बन्द



काठमाडौं २३ जेठ ।  गुडविल फाइनान्स लिमिटेडको असार २ गते दर्ता किताब बन्द हुने भएको छ। फाइनान्सले लगानीकर्ताका लागि १० बराबर ६ को अनुपातमा हकप्रद शेयर दिन लागेकोले असार २ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ।
फाइनान्सले १०० रुपैयाँ अंकित मूल्यमा २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २२ हजार ५०० कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको हो । हकप्रद बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्ति गरेको छ ।

प्रकाशित : २३ जेष्ठ २०७४, मंगलवार ०६:३१