महुलीको आईपीओ नपरेको पैसा विहिबारबाट फिर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महुलीको आईपीओ नपरेको पैसा विहिबारबाट फिर्ता



काठमाडौं, जेठ २३ । महुली सामुदायिक लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपिओ) मा नपेको पैसा विहिबारबाट वितरण गर्ने भएको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार आस्बा बाहेक नियमित तरिकाबाट शेयर आवेदन दिएका सात बैंकमा खाता हुनेको सिधै बैंक खातामा नै रकम जम्मा हुने र बाँकी आवेदकले भने शेयर आवेदन दिएको स्थानबाट एकाउन्ट पेयी चेक उपलब्ध गराइने छ ।

सनराईज बैंक, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, कुमारी बैंक र यति डेभलपमेन्ट बैंकमा खाता रहेका लगानीकर्ताले सिधै खातामा नै रकम फिर्ता पाउने सनराईज क्यापिटलले जनाएको छ ।  अन्य बैंकमा खाता रहेका लगानीकर्ताले भने आईपीओ फारम बुझाएको ठाउँबाट चेक फिर्ता लिनुपर्नेछ ।

कम्पनीले वैशाख ७ गतेदेखि ११ गतेसम्म एक लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गरेकोमा डेढ अर्बभन्दा बढीको शेयर आवेदन परेको थियो ।शेयरमा ८० हजार ५९६ जनाले आवेदन दिएकोमा १० हजार ९२० जनाले गोला प्रथाद्धारा १० कित्ता शेयर पाएका छन् । त्यस्तै एक लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गरेको कम्पनीले चार हजार ८०० कित्ता शेयर कम्पनीका कर्मचारीलाई र ६ हजार कित्ता सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो र बाँकी शेयर मात्रै आम सर्वसाधारणलाई बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धकका अनुसार एक अर्ब ५० करोड मध्ये एक अर्ब १० करोड रुपैंयाको शेयर आवेदन कम्पनीले उपलब्ध गराएको नियमित तरिकाबाट आवेदन परेको थियो भने बाँकी ४० हजार आस्बा प्रणालीबाट लगानीकर्ताले आवेदन दिएका थिए ।

प्रकाशित : २३ जेष्ठ २०७४, मंगलवार ०६:४१